
म्याग्दी, मंसिर १० । म्याग्दीका विभिन्न जंगलमा पाइने भीर मौरी लोप हुन थालेका छन् ।
चिमखोला, राम्चे, पाखापानीलगायतका भीरमा रहेका भीरमौरीले अहिले बासस्थान परिवर्तन गर्न थालेपछि म्याग्दीका जंगलहरुबाट भीर मौरी लोप हुने अवस्थामा पुगेका हुन् ।
मानिसहरु सजिलै जान नसक्ने ठूला र अप्ठ्यारा भीरमा घार बनाएर बस्ने भीरमौरी बिस्तारै हराउन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
चिमखोलाको भीरमा केही वर्षअघिसम्म २५ घारसम्म मौरी हुने गरेको भए पनि अहिले ७ देखि ८ घारमात्र बाँकी रहेको स्थानीय बताउँछन् ।
भीरमौरी हराउँदै जानुमा जलवायु परिवर्तन, मानवीय गतिविधि र रासायनिक मलको बढी प्रयोग हुनु नै मुख्य कारण रहेको मह सिकारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्