२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


सडक खन्ने क्रममा अनौठो ढुंगा भेटियो, पूजा गर्नेको भीड


0
Shares

ताप्लेजुङ, मंसिर १० । ताप्लेजुङ नगरपालिका–२ भाटेमा सडक निर्माणको क्रममा अनौठो ढुंगा भेटिएपछि स्थानीयले भगवानको प्रतीक मान्दै पूजाआजा गर्न थालेका छन् ।

चार क्विन्टलभन्दा बढी वजन भएको ढुंगामा मानव पाइला, भगवानको प्रतीक, नाग, हनुमानजस्ता विभिन्न आकृति रहेका छन् । यो ढुंगासँगै भगवान शिवजीको वाहन साँढे जस्तो अर्को ढुंगासमेत भेटिएको छ ।

स्थानीयबासिन्दाले अनौठा ढुंगालाई सँगै राखेका छन् । उनीहरुले सोही स्थानमा मन्दिर बनाउने योजना बनाएका छन् । अहिले अनौठो ढुंगा हेर्न दिनदिनै ठूलो संख्यामा मानिसहरु पुग्ने गरेका छन् ।