२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


सहपाठीको बलात्कारपछि हत्या गरिएको भन्दै पद्मकन्याका छात्राले निकाले विरोध र्‍याली


0
Shares

काठमाडौं, मंसिर १० । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएकै दिन काठमाडौंको पद्मकन्या क्याम्पसका विद्यार्थीले आफ्नै सहपाठीको बलात्कारपछि हत्या भएको भन्दै विरोध र्‍याली निकालेका छन् ।

क्याम्पसको बी.ए तेस्रो वर्षमा अध्ययनरत कञ्चन भूजेलको करिब साढे २ महिनाअघि अपहरण गरी बलात्कारपछि हत्या गरिएको भन्दै उनीहरुले विरोध ¥याली निकालेका हुन् ।

नेपाल विद्यार्थी संघ पद्मकन्या इकाईको अगुवाईमा निकालिएको विरोध र्‍याली पुतलीसडक, कमलपोखरी, घण्टाघर, हुँदै क्याम्पसको मूल गेटमा आएर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा सहभागी मृतक भूजेलका परिवारका सदस्यले भूजेललाई बलात्कारपछि हत्या गरिएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे ।

घटनामा संलग्न भनिएका २ जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले हिरासतमा लिएको बताइएको छ । ७२ दिनअघि बेपत्ता भएकी भूजेलको शव बुधबार काठमाडौंको शिवपुरी जंगलमा फेला परेको थियो । शव कुहिएको अवस्थामा फेला परेको भए पनि कपडाबाट परिवारले उनको पहिचान गरेका हुन् ।