२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


कालीगण्डकीमा मंगलबार रातिदेखि बेपत्ता जीप र चालक अझै फेला परेनन्


0
Shares

म्याग्दी, मंसिर ११ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत कालीगण्डकीमा मंगलबार रातिदेखि बेपत्ता भएको ग २ प ३६६० नम्बरको बलेरो जीप र चालक अझैसम्म फेला परेका छैनन् ।

तीन दिनदेखि लगातार खोजी गरिए पनि जीप र सवारीचालक रमेश खड्काको पत्तो लाग्न नसकेको हो । सशस्त्र र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

दुर्घटनास्थलमा केही चाउचाउका पोका भेटिएपछि दुर्घटनास्थल आसपासका क्षेत्रमै जीप भएको अनुमान गरिएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गैरहेको जीप मंगलबारबाट सम्पर्कविहिन भएको हो ।