२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाइते


0
Shares

म्याग्दी, मंसिर ११ । म्याग्दीमा बोलेरो जिप दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम बेनीबाट भकिम्ली जाँंदै गरेको ग २ च २००६ नम्बरको बोलेरो जिप हल्ले गौडामा सडकबाट करिब ४० फिट तल खसेको हो ।

बोलेरोमा १५ जना सवार थिए । बोलेरोमा सवार बांँकी सबै घाइते भएको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।