काठमाडौं, चैत ११ । सोमबार पनि सुनको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ६० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा ४०० ले उकालो लागेर तोलाको ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने यसदिन पनि तोलाको ७४० रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय २४ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्