वीरगन्ज, मंसिर १३ । सभामुख ओनसरी घर्तीले दलहरुकै सहमतिमा राजनीतिक समस्या समाधान हुने बताएकी छिन् ।
वीरगन्जको आर्दशनगर रंगशालामा सञ्चालित योग शिविरको समापन समारोहलाई आज सम्बोधन गर्दै सभामुख घर्तीले राजनीतिक जटिलताको निकास सबै दलको सहमति मै निस्कने विश्वास व्यक्त गरिन् ।
सभामुख घर्तीले पतञ्जलीले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको बताइन् ।
पाँच दिनदेखि सञ्चालित योग विज्ञान शिविरको समापन गर्दै स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने धारणा राखिन् ।
शिविरमा सहभागिहरुलाई स्वामी रामदेवले योग प्रशिक्षण दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्