Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पुनर्निर्माणका लागि ‘कनिका छराई’को बजेटले कहाँ पुग्छ र ?: मन्त्री यादव


0
Shares

पाँचथर, मंसिर १३ । शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादवले राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको पुनः निर्माण गर्नुपर्ने बताएकी छिन् ।

पाँचथरको फिदिममा सोमबार स्थानीय शान्ति समितिले गरेको अन्तक्र्रियामा मन्त्री यादवले भत्किएका संरचना पुनर्निर्माणका लागि कनिका छराईको बजेटले नपुग्ने बताइन् ।

१० वर्षे सशस्त्र द्वन्द्वकालमा भत्किएका पुनर्संरचना निर्माणका लागि ३० अर्ब लाग्ने उनको भनाइ थियो ।

यसका लागि राजनीतिक दलहरुबीचमै सहमति गरी वजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिइन् ।

Skip This