
काठमाडौं, चैत ११ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायतले भूतपूर्व गोरखा सैनिकमाथि गरेको विभेद र असमानता पूर्णरुपमा अन्त्य नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी भूतपूर्व गोरखा सैनिकहरुले बेलायतले युद्धबन्दीलाई क्षतिपूर्ति, कार्यकर्तालाई समान पेन्सन, आवासीय भिसालगायतका सुविधा उलपब्ध गराएपनि सेवानिवृत्त भूपू गोरखाहरुको मागको सम्बोधन नगरी विभेद कायम राखेको बताएका हुन् ।
ब्रिटिस राज्यमन्त्री मार्क लाङ्कास्टरको नेपाल भ्रमणकाक्रममा नेपाल सरकारसँग गरेको प्रतिबद्धताविपरीत बेलायत सरकारले एकतर्फीरुपमा केही प्रतिशत पेन्सन र सेवा–सुविधा वृद्धिको घोषणा गरेको भन्दै गेसोले आफूहरुलाई अल्मल्याउने प्रयास नगर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस्