२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलिया सिफारिस


0
Shares

काठमाडौं, चैत ११ । संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

संखुवासभाका थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र सदस्य इला शर्मा आइतबारमात्र सेवानिवृत्त भएका थिए ।

निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँचजना सदस्य रहन्छन् ।

हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् ।

परिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ ।

परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाएको अध्यक्ष तिमिल्सिनाले बताए । रासस