Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दुर्घटनमा प्रहरी जवानको मृत्यु


0
Shares

राँझा, चैत ११ । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली, जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

कैलालीबाट दाङतर्फ जाँदै गरेको रा३प २५४६ नम्बरको मोटरसाइकल सोमबार बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शमशेरगन्जनजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारकाक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनले बताए ।

दाङमा कार्यरत् प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस