रोल्पा, मंसिर १४ । रोल्पालगायत पहाडी जिल्लालाई ५ नम्वर प्रदेशबाट छुट्टयाउन लागेको विरोधमा आज रोल्पा बन्द गरिएको छ ।
सरकारले पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको भन्दै उनीहरु चरणबद्ध विरोधमा उत्रिएका हुन् ।
बन्दका कारण बजार, पसल, होटेल, उद्योग, कलकारखाना तथा यातायातका साधन सञ्चालन भएका छैनन् । जिल्लाबाट सञ्चालन हुने सवारी साधन चलेका छैनन् ।
जिल्लाको सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिले साताव्यापी रुपमा आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत हिजो आधा दिन जिल्ला बन्द गरिएको थियो ।
बन्दका कारण बिद्यार्थी, सेवाग्राही तथा व्यवसायी भने मारमा परेका छन् । यसैबीच केहि दिनदेखि आन्दोलित रोल्पा र प्यूठानीले अब संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्