२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


जलेर नाबालिकाको मृत्यु


0
Shares

दाङ, चैत ११ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहकाअनुसार राप्ती गाउँपालिका–१, बगाहसोती निवासी हिमाल रानामगरकी एक महिनाकी छोरी संगीताको जलेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी संगीता सुतिरहेको कपडामा खेल्नेक्रममा आइतबार बेलुका ७.३० बजे सलाइ कोर्दा आगलागी भएको र जलेर गम्भीर घाइते भएकी नाबालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकाक्रममा मृत्यु भएको जानकारी दिए । रासस