काठमाडौं । ट्रेक्रिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान)ले जलवायु परिर्वतनको असर न्यूनीकरण गर्ने अभियानमा सहकार्यको लागि सबैसंग आग्रह गरेको छ ।
टानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जलवायु परिर्वतनको कारण मानवीय तथा प्राकृतिक समस्याहरु बढ्दै गएको भन्दै जलवायु परिवर्तनले ल्याएका असर न्यूनीकरणका उपायको खोजी अभियान थालेको जनाएको छ ।
जलवायु विज्ञ पीके शेर्पाले पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाउँ भन्ने अभियान लिएर विश्वब्यापी भ्रमण गर्न लागेको जानकारी गराएका छन् ।
उनले चौध बर्षीय छोरासहित सात महादेशका सातवटै उच्च हिमालको आरोहण गरी जलवायु परिर्वतनको असर, न्यूनीकरणका उपाय र नेपालको हिमालको बारेमा प्रचारप्रसार गर्ने छन् ।
कार्यक्रममा वातावरणविद्हरुले वातावरण विनासबाट सृजित समस्या, हिमाल बचाउने उपायको बारेमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्