
भक्तपुर, मंसिर १४ । भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका–११ स्थित दधिकोट अरनिको उमाविसँगै मंगलबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
स्थानीयबासीमाझ कुमार विक भनेर चिनिने अन्दाजी ५२ वर्षका ती पुरुषको वास्तविक नाम र ठेगाना खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
यता, भक्तपुरको सूर्यविनायकमा आकाशेपुलमुनि मंगलबारै करिब ५५ वर्षकी एक महिला मृत अवस्थामा भेटिएकी छन् । उनको पनि नाम र ठेगाना खुल्न सकेको छैन ।
प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले दुबै शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्