
हेटौंडा, मंसिर १४ । हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नम्बरको सुमो जिप हेटौंडा–कुलेखानी सडकखन्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुने यात्रीको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो जिपमा यात्रा गरिरहेका करिब १० जना यात्री गम्भीर घाइते भइ थप उपचारका लागि काठमाडौंतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्