८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन


0
Shares

काठमाडौं, मंसिर १४ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सेनालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएकी छन् ।

पहिलोपटक लिबिया शान्ति मिसनमा जान लागेको सैनिक टोली र दक्षिण सुडान जान लागेको टोलीलाई मंगलबार निर्देशन दिँदै उनले नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्‍याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको बताइन् ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले विश्व शान्तिप्रतिको नेपालको प्रतिबद्धतालाई कुशलतापूर्वक नेपाली सेनाले पूरा गर्दै आएको बताए ।

वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सैनिक डेमोसमेत अवलोकन गरेकी थिइन् ।