२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


संवैधानिक परिषद्को बैठक बस्दै


0
Shares

काठमाडौं, चैत ११ । विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।

अपराह्न ३ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा निर्वाचन आयोगलगायत संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्नेबारे छलफल हुने छ । ८ मध्ये ५ वटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्त भए पनि तीन वटा आयोगमा नियुक्ति हुन बाँकी छ ।

संवैधानिक व्यवस्थाअनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा अध्यक्ष नियुक्त हुन बाँकी छ ।

यस्तै, बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तबारे समेत छलफल हुने बताइएको छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल हिजो सकिएको थियो ।