
काठमाडौं, मंसिर १५ । जातीय विभेदका कारण दलितहरु विकासमा पछि परेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।
‘केन्द्रमा कर्णालीका दलित’ विषयक बुधबार राजधानीमा भएको एक कार्यक्रममा सरोकारवालाहरुले राजनीतिक दलले दलितका मुद्दा ओझेलमा पारेको गुनासो गरेका हुन् ।
राज्यको नीति–निर्माणमा अझैपनि दलितहरुको पहुँच पुग्न नसकेको भन्दै उनीहरुले दलित समुदायलाई प्राथमिकतामा राख्न माग गरे ।
संविधानमा दलितका हक, अधिकार सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या भएको उनीहरुको भनाइ छ ।
दलितहरु भूमिहीन, जातीय विभेद, छुवाछुत तथा विभेदकारी प्रथाबाट प्रताडित भएको भन्दै मुक्तिका लागि संघर्ष गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् ।
कार्यक्रममा दलितको वर्तमान अवस्थाकाबारेमा दलित अधिकारकर्मीहरुले कार्यपत्र प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्