काठमाडौं, मंसिर १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रस्तावको विरोधमा भोलि(बिहीबार)देखि संसद् बैठक अबरुद्ध गर्ने भएको छ ।
एमाले संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठक अबरुद्ध गर्ने निर्णय गरेको हो ।
बैठकले ५ नम्बर प्रदेशलाई टुक्र्याउने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै त्यस क्षेत्रमा भइरहेको आन्दोलनलाई साथ दिनेसमेत निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
यसअघि नै एमाले स्थायी समितिको बैठकले संविधान संशोधनको विपक्षमा उभिने निर्णय गरेको थियो । स्थायी समितिले संशोधन प्रस्तावको विरोधमा सडक र सदनबाट प्रतिकार गर्ने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्