प्यूठान, मंसिर १५ । ५ नम्बर प्रदेशबाट प्यूठानलाई अलग गराउने र ४ नम्बर प्रदेशमा मिलाउने सरकारी निर्णयको विरोधमा स्थानीयबासिन्दाले बुधबार प्यूठान जिल्ला बन्द आह्वान गरेका छन् ।
संयुक्त संघर्ष समिति र प्यूठानका सम्पूर्ण विद्यार्थी संगठनको संयुक्त आयोजनामा जिल्ला बन्द गरिएको हो ।
बन्दले प्यूठानका सम्पूर्ण पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात ठप्प बनेका छन् ।
प्रदर्शनकारीहरुले ठाउँठाउँमा टायर बालेर सरकारी निर्णयको विरोध गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्