Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


१० जना राज्यमन्त्रीलाई सपथ गराउँदै प्रधानमन्त्रीले भने: ‘सधैं जनताको काम गर्नुहोस’


0
Shares

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट सरकारमा सिफारिस भएका १० जना राज्य मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज भएको सपथ कार्यक्रममा प्रधानमन्त्री दाहालले दीर्घसिंह भाट भौतिक योजना तथा यातायात, सीताराम मेहता वन, तारामान गुरुङ स्वास्थ्य, सुरेन्द्र आचार्य सिंचाई र सुवर्ण ज्वारचनलाई शहरी विकास राज्य मन्त्रीमा सपथ गराएका हुन् ।

यस्तै, दिलिप गच्छदार श्रम, इन्द्र बानियाँ पर्यटन, दिलिप खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग, मिठु मल्ल वाणिज्य राज्यमन्त्री बनेका छन् ।

योसंगै मन्त्रीपरिषद् ४१ सदस्यीय भएको छ । सपथ गराउंदै प्रधानमन्त्री दाहालले मन्त्रीहरुसंग मिलेर जनताको पक्षमा काम गर्न राज्य मन्त्रीहरुलाई निर्देशन दिए ।

Skip This