नवलपरासी, मंसिर १६ । नेकपा एमालेको नवलपरासीस्थित पार्टी कार्यालयमा आगजनी भएको छ ।
बुधबार राति अज्ञात व्यक्तिहरुले कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट सचिव र उपसचिवको कार्य कक्षमा सामान्य क्षति पुगेको छ ।
त्यो समूहले कार्यालयको झ्यालका सिसासमेत तोडफोड गरेको छ । आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । नवलपरासीस्थित एमालेको पार्टी कार्यालयमा आगजनी भएको यो तेस्रो पटक हो ।









प्रतिक्रिया दिनुहोस्