
पाल्पा, अर्घाखाँची, मंसिर १६ । सरकारले ५ नम्बर प्रदेशलाई ‘टुक्र्याउने’ गरी संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ ।
संविधान संशोधन प्रस्तावको विरोध गर्दै विहीबार पनि पाल्पा बन्द आह्वान गरिएको छ । जिल्लाका सबै विद्यार्थी संघसंगठनले बन्दको आह्वान गरेका हुन् ।
विद्यार्थीको बन्दमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारी र सर्वसाधारणलेसमेत खुलेर साथ दिएका छन् ।
बन्दका कारण त्यहाँको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।
यस्तै, ५ नम्बर प्रदेश ‘टुक्र्याएर’ सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा विहीबार दोस्रो दिन पनि अर्घाखाँची बन्द आह्वान गरिएको छ ।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका दलको समर्थनमा उद्योग वाणिज्य संघ अर्घाखाँचीले बन्दको आह्वान गरेको हो ।
बन्दका कारण जिल्लाका सबै क्षेत्र ठप्प छन् ।
प्रतिक्रिया दिनुहोस्