Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


कांग्रेसका मधेसी सांसदद्वारा संविधान संशोधनको स्वागत


0
Shares

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई स्वागतयोग्य कदम भनेका छन् ।

कांग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादव, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत २७ जनाले विहीबार विज्ञप्ति प्रकाशित गरी संशोधन प्रस्ताव मधेसका माग सम्बोधन गरी निर्वाचनमा जानका लागि कोसेढुंगासावित हुने उल्लेख गरेका छन् ।

उनीहरुले ‘नेकपा एमालेजस्तो जिम्मेवार पार्टीले संशोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्ने गरी संसद अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउनुले समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्दत भएको’ आरोप लगाएका छन् ।

संशोधन विधेयकका पक्षमा दृढताका साथ उभिन र दुईतिहाइ मतबाट अनुमोदन गराउन संसदमा भएका सबै दल र सांसदहरुलाई उनीहरुले अपिलसमेत गरेका छन् । रासस

Skip This