३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘सरकारका पछिल्ला गतिविधिले नागरिक समाज सशंकित’


0
Shares

काठमाडौं, असार २३ । नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेले सरकारका क्रियाकलापले ऊप्रति शंका उत्पन्न भएको बताएका छन् ।

शनिबार हामीसँग कुरा गर्दै नागरिक अगुवा डा. पाण्डेले सरकारका पछिल्ला गतिविधिले नागरिक समाजलाई सशंकित तुल्याएको बताए ।

नागरिकहरुको आवाजलाई रोक्ने निषेधाज्ञाजस्ता विषयले सरकारप्रति जनताको आलोचना बढेको उनको भनाइ थियो ।

डा. पाण्डेले सरकारका क्रियाकलापप्रति नागरिक समाज चनाखो हुनुपर्ने पनि बताए ।