
काठमाडौं, मंसिर १६ । सरकारले मंगलबार व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव नेपालको संविधान २०७३ विपरीत रहेको भन्दै सर्वोच्च अदालतमा विहीबार रिट दायर भएको छ ।
संविधानको धारा २ सय ७४ विपरीत सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको भन्दै पूर्वसांसदहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा तत्काल सो प्रस्तावलाई अघि नबढाउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
उदयपुरका नेकपा एमालेका पूर्वसांसद विष्णु राउत र जाजरकोटका नेपाली कांग्रेसका पूर्वसांसद झलकनाथ वाग्ले निवेदक रहेको सो रिटमा पहाड र तराई छुट्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराउनु असंवैधानिक भएको जिकिर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्