७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


तेह्रथुममा पनि प्रदर्शन


0
Shares

तेह्रथुम, मंसिर १६ । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा दर्ता गरेको विरोधमा नेकपा एमालेको भ्रातृसंगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुले विहीबार तेह्रथुममा प्रदर्शन गरेका छन् ।

विद्यार्थी, युवा तथा एमाले नेता–कार्यकर्ता सहभागी विभिन्न नाराहरुसहितको र्‍यालीले सदरमुकाम म्याङलुङ बजारमा प्रदर्शन गरेको हो ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको र्‍यालीले स्थानीय पुतलीबजार, बसपार्क, मेन्छ्यायेम डाँडा हुँदै लोकतान्त्रिक चोकमा प्रदर्शन गर्दै कोणसभाबाट संविधान संशोधन प्रस्तावको विरोध गरेको थियो ।