Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


तत्काल स्थानीय चुनाव घोषणा गर्न कमल थापाको माग


0
Shares

हेटौंडा, मंसिर १६ । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन गरेर संविधान कार्यान्वयनलाई अघि बढाउनुपर्ने बताएका छन् ।

विहीबार हेटौंडामा आयोजित राप्रपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तत्काल स्थानीय निकायको चुनाव घोषणा गर्न माग गरे ।

प्रमुख दलहरुले सत्तास्वार्थका लागि विदेशीसामु आत्मसमर्पण गर्ने गरेको भन्दै थापाले ‘त्यस्तो व्यवहारले देश कमजोर बनेको र भ्रष्टाचार चुलिएको हो’–भने ।

सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाली कांग्रेस र बामपन्थीहरुले प्रजातन्त्र र अग्रगमनको नाममा देशलाई अधोगतितिर लगेको आरोप लगाए ।

 

 

Skip This