
काठमाडौं, चैत १० । एसइई परीक्षामा नेपाल भाषा विषयमा बढी अंक ल्याएर प्रथम हुने विद्यार्थीलाई लक्ष्मी नारायण–पुनमाया सिरपाबाट पुरस्कृत भएका छन् ।
कन्या मन्दिर न्योखाका मलिना स्थापित र आदर्श मावि थिमीका दिना कपालीले समान ३.६ ग्रेड ल्याएकोले उनीहरुलाई जनही १२ हजार ५ सय नगदसहित पुरस्कृत गरिएको हो ।
शताब्दी पुरुष सत्यमोहन जोशीले उनीहरुलाई पुरस्कृत गरेका थिए । साथै नेपाल भाषा विषयमा एसइई परीक्षा उत्तिर्ण गर्ने अन्य १६ जनालाई जनही १ हजार नगदसहित सम्मान गरिएको थियो ।
नेपाल भाषा विषय लिएर पढ्न प्रोत्साहन गर्न पूर्व सांसद तथा उद्योगपति लक्ष्मीदास मानन्धरले ८ वर्ष अगाडी सो पुरस्कार आफ्ना आमा बाबुको नाममा स्थापना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्