७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


अदालतअगाडि प्रदर्शन गर्ने आधादर्जन महिला प्रहरी नियन्त्रणमा, पत्रकारलाई गाली


0
Shares

अनिल तिवारी (इमेज)
वीरगन्ज, मंसिर १६ । पर्सा जिल्ला अदालतअगाडि प्रदर्शन गर्ने आधादर्जन महिलालाई प्रहरीले विहीबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरेको अपहरण मुद्दामा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालीको इजलासले बुधबार गरेको फैसलाको विरोध गर्दै अदालतअगाडि प्रर्दशन गरेका महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ निवासी राजेशकुमार साह अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरीसहित चारजनालाई पर्सा जिल्ला अदालतले आइतबार दोषी ठहर गर्दै ९ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

यसैबीच, महिलालाई नियन्त्रणमा लिइ कुटपिट गरेको दृश्य छायांकन गर्दा इमेज टेलिभिजनका पर्सा समाचारदाता अनिल तिवारीलाई प्रहरीले गाली–गलौज गरेको थियो ।