Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


शेयर बजार ओरालोतर्फ


0
Shares

काठमाडौं, चैत १० । साताको शुरुको दिन आइतबार शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन । 

शेयर कारोबार पनि आइतबार खुम्चिएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले झरेर ११३४ मा आएर थामियो ।

जलविद्युत बाहेक अरु सबै समूह ओरालो लागे । निर्जीवन बीमा समूह सबैभन्दा उच्च ५४ अंक र जीवन बीमा समूहमा पनि ४३ अंककोे गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीको ८ लाख ३० हजार कित्ता शेयर जम्मा सवा २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।