Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संविधान संशोधन प्रस्ताव पास हुने देउवाको दाबी


0
Shares

मोरङ, मंसिर १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही राजनीतिक दलको असन्तुष्टि रहेपनि अन्ततः सबैले मत दिने हुँदा संशोधन प्रस्ताव पास हुने विश्वास व्यक्त गरे ।

‘जहाँ पायो त्यहीँ आन्दोलन गरेर समस्याको समाधान हुँदैन, झन बल्झिन्छ,’ उनले भने, ‘अहिले आन्दोलन गर्ने समय होइन ।’

सञ्चारकर्मीको अर्को प्रश्नमा सभापति देउवाले स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै दल सहमत भएकाले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउने बित्तिकै निर्वाचनमा जाने विषयमा समस्या नरहेको बताए । (रासस)

Skip This