Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


हिन्दूराष्ट्र कायम गर्न संशोधन प्रस्ताव पेस गर्छौं : कमल थापा


0
Shares

                                                                                          फाइल फोटो
चितवन, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानमा नेपाल हिन्दूराष्ट्र कायम गर्न संशोधनको प्रस्ताव पेस गरिने बताएका छन् ।

मिडिया नेपालले शुक्रबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यससम्बन्धी संशोधन प्रस्ताव पेस गर्नुअघि सबै दलसँग छलफल गरिने बताए ।

उनले भने–‘हिन्दूराष्ट्रको एजेन्डा पनि पेस होस् भन्ने हाम्रो चाहना थियो तर अहिले हामीसँग छलफल नगरी संशोधन प्रस्ताव पेस भयो ।’

सरकारले पेस गरेको संविधान संशोधनको प्रस्तावमाथि शनिबार हुने पार्टीको केन्द्रीय समितिको बैठकले आधिकारिक धारणा तय गर्ने उनले बताए ।

आउँदो वर्षको माघभित्रमा तीनै तहको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको भन्दै उनले त्यसका लागि सबै दल एकैठाउँमा उभिनुपर्ने बताए ।

संसद अवरुद्ध गरेर सडक तताउनु बुद्धिमता नहुने बताउँदै ‘सडकबाट निकास निस्कन सक्दैन, प्रजातान्त्रिक ढंगबाट यसको निकास खोज्नुपर्छ’– भने । रासस

Skip This