७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


डा. केसीको जीवनरक्षाको माग गर्दै सयौं उत्रिए सडकमा (भिडियो)


0
Shares

काठमाडौं, मंसिर १८ । विगत २१ दिनदेखि अनशनमा बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ ।

नागरिक समाजको अगुवाइमा काठमाडौंको माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक अभियन्ताहरु, चिकित्सकहरु, विभिन्न पेसा–व्यवसायमा रहेकाहरुको सहभागिता थियो ।

र्‍यालीमा सहभागीहरुले डा. केसीका माग पूरा गर्नुपर्ने र शिक्षामन्त्री धनीराम पौडेलले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

भिडियो हेर्नुहोस्