Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


फागुन ६ देखि ९ सम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय, संशोधन प्रस्तावमा ‘मौन’


0
Shares

काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा एकताको महाधिवेशन गर्ने भएको छ ।

शनिबार राजधानीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तहमा पार्टी एकीकरण गर्न बुद्धिमान तामाङको नेतृत्वमा बनेको समितिले ल्याएको प्रतिवेदनलाई अनुमोदन गरेको हो । योसँगै स्थानीय तहमा एकीकृत अधिवेशनहरु गर्न बाटो खुलेको छ ।

व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि भने थप छलफल आवश्यक भएको भन्दै राप्रपाले अझै ठोस धारणा तय गर्न सकेको छैन ।

Skip This