Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान


0
Shares

                                                                                          फाइल फोटो
काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाएकी छन् ।

नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएको राष्ट्रपति कार्यालयबाट थाहा भएको हो ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार दिउँसो ४ बजेअगाडि शीतल निवास आउन फोनमार्फत् बोलावट भएको राससलाई जानकारी दिए । रासस

Skip This