२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


राष्ट्रिय तथा सामुदायिक वनमा आगलागी हुनेक्रम बढ्यो


0
Shares

रौतहट । रौतहटका राष्ट्रिय तथा सामुदायिक वनमा आगलागी हुन थालेको छ ।

सुख्खा मौसम सुरु भएसँगै वन्यजन्तुको शिकार र घाँस दाउरा गर्न गएकाहरुबाट वनमा आगजनी भएको हुन सक्ने अनुमान गरिएको छ ।

वनमा लागेको आगोका कारण जंगली जनावर प्रभावित भएका छन् । राजमार्ग नजिकको वनमा लागेको आगोका कारण राजमार्ग भएर यात्रा गर्ने यात्रुलाईसमेत मर्का परेको छ ।

डिभिजन वन कार्यालयले जंगलमा आगो नलगाउन प्रचार प्रसार गरे पनि बर्सेनि रौतहटको जंगलमा आगलागी हुने गरेको छ ।