Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संविधान संशोधन होइन, निर्वाचन जरुरी : एमाले नेता पौडेल


0
Shares

काठमाडौं, मंसिर १९ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पौडेलले पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाको दिनमा सपथ खाएको कुरालाई अहिले बिर्सेको आरोप लगाउँदै भने, ‘उहाँले भन्नु भएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर, प्रधानमन्त्री बनेको पहिलो दिनदेखि संविधान संशोधन गर्नतर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन ।’

प्रधानमन्त्री दाहालले ल्याएको संविधान संशोधन प्रस्तावले देश मुठभेडमा जाने उनको भनाइ थियो ।

पौडेलले भने, ‘अधिकांश सांसदहरूको असमतिका बीचमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो, संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो ।’

बुटवलमा पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नको लागि लाखौं मानिस सडकमा आएको चर्चा गर्दै उनले भने, ‘यदि सरकार जनताको हो भने समयमै संविधान संशोधन प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ लागोस्, पाँच नम्बर प्रदेशका जनताको भावनालाई लत्याएर यो प्रस्ताव अघि बढाईयो भने एमालले संसदमा कडा प्रतिवाद गर्नेछ ।’

उनले संविधान संशोधन प्रस्ताव पारित हुन नदिनको लागि एमाले जुनसुकै कदम चाल्न तयार रहेको बताए ।

पौडेलले भने, ‘संविधान संशोधन अहिले आवश्यक छैन, कार्यान्वयनमा जानुको विकल्प छैन, एमाले चुनावको लागि तयार छ, सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस् ।’ २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक जटिलतालाई सरकार र राजनीतिक दलहरूले मध्यनजर गर्नुपर्ने उनको भनाइ थियो ।

Skip This