
काठमाडौं, मंसिर १९ । राष्ट्रिय ज्यापु दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय ज्यापु महागुठीले निम्तो दिएको छ ।
आइतबार लाजिम्पाटस्थित दाहाल निवास पुगेर गुठीका पदाधिकारीहरुले प्रधानमन्त्री दाहाललाई निम्तो दिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई धान्यपूर्णिमाका दिन बसन्तपुरमा हुने विशेष कार्यक्रममा आमन्त्रण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्