
कैलाली । सुधार गृहमा शंकास्पद मृत्यु भएका जनक ढुंगेलको मुत्युबारे छानविन गर्न माग गर्दै पीडित परिवार तथा आफन्तहरुले धनगढी अत्तरिया ६ लेन सडकमा चक्काजाम गरेका छन् ।
मृत्यु भएको तीन दिनसम्म पनि प्रशासनले छानवीनमा चासो नदेखाएकाले आन्दोलन गर्नुपरेको पीडित आफन्तहरुले बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का स्थानीयले बोराडाडीमा रहेको रिचमण्ड फेलोसिप (लागु पदार्थ पुनस्थापना केन्द्र) का स्टोरकिपर जनक ढुङ्गेलको गत चैत्र ७ गते भएको मृत्यु संकास्पद रहेको भन्दै छानविनको मागसहित विहानैदेखि चक्काजाम गरेका हुन ।
मृतकका भाई लक्ष्मण ढुंगालले प्रहरीले घटनामा दोहोरो चरित्र देखाईरहेकाले शंकास्पद मृत्युको आशंकामा सत्यतथ्य छानविनको मागसहित ६ लेन सडक बन्द गर्नु परेको बताए ।
कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले सुधार गृहका संचालक आफ्नो निगरानीमा रहेको भन्दै अनुसन्धान गरिरहेको बताए ।
उनले पोष्टमार्टम रिपोर्टपछि मात्रै अन्य कुरा थाहा हुने भन्दै अनुसन्धान गर्न दिन बन्दकर्तासँग आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्