७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


लैंगिक समताका लागि आवश्यक नीति बनाउने शिक्षा मन्त्रीको प्रतिबद्धता


0
Shares

काठमाडौं, मंसिर १९ । शिक्षामन्त्री धनीराम पौडेलले बालिका शिक्षा तथा लैंगिक समतामा जोड दिन आवश्यक नीति निर्माण गरिने बताएका छन् ।

शिक्षा विभागको लैंगिक समविकास शाखाले आइतबार राजधानीमा आयोजना गरेको दुई दिने लैंगिक समता सम्बन्धी सम्मेलनमा मन्त्री पौडेलले लैंगिक समताका लागि बालिका शिक्षा अत्यावश्यक रहेको बताए ।

सम्मेलनले शिक्षा मन्त्रालय तथा अन्य मन्त्रालयहरुले नीति निर्माणदेखि जिल्ला तहमा सञ्चालन गर्ने कार्यक्रमहरुमा दोहोरोपन हटाउने र नीति निर्माण तथा कार्यक्रममा एक रुपता ल्याउन सुझाव दिने लक्ष्य राखेको छ ।