Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


संविधान संशोधन विधेयकप्रति भारत सकारात्मक


0
Shares

काठमाडौं, मंसिर १९ । भारतले नेपालको संसदमा दर्ता भएको संविधान संशोधनका विधेयकलाई समर्थन गरेको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संशोधन विधेयक पेश हुनुलाई महत्वपूर्ण कदम भनेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै काठमाडौंस्थित भारतीय दूतावासले संविधान संशोधन विधेयकले सबै पक्षलाई समेट्ने र विधेयक सफलतापूर्वक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख छ । नेपालको निकट छिमेकीको नाताले भारत नेपालको शान्ति, स्थिरता र विकासप्रति सधैं सहयोगी रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

संशोधन विधेयकप्रति मधेशी दलहरुले नै नकारात्मक कुरा गरेपछि शनिबार भारतीय राजदूतावासले उनीहरुलाई दूतावासमै दिवाभोज दिएको थियो ।