Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


प्रधानमन्त्रीसँग डा. भट्टराई र उपेन्द्र यादवको संयुक्त भेटवार्ता


0
Shares

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा भेटवार्ता गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भेटमा प्रधानमन्त्री दाहालले आन्दोलनरत दलको मागको सुनुवाइ गर्नकै लागि संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै सरकारले केही दिनमै स्थानीय निकायको निर्वाचनको घोषणा गर्न लागेको बताएका थिए । उनले निर्वाचनका लागि सहयोग गर्न दुवै नेतालाई आग्रह गरेको सल्लाहकार आचार्यले बताए ।

पछिल्लो समय नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच कार्यगत एकताका लागि प्रयास भइरहेको चर्चा चलिरहँदा दुवै नेता संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । केही दिनअघि दुबै नेताले संयुक्त विज्ञप्तिसमेत जारी गरेका थिए ।

Skip This