काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्या भण्डारीले दलीय सहमतिमा अघि बढ्न विभिन्न दलका नेताहरुलाई सुझाव दिएकी छिन् ।
संविधान संशोधनको विषयलाई लिएर राष्ट्रपति भण्डारीले आइतबार साँझ आयोजित सर्वदलीय बैठकमा यस्तो सुझाव दिएकी हुन् ।
शितल निवासमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए ।
बैठकमा संविधान संशोधन, कार्यान्वयन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको र सबैको सुझाव लिएपछि राष्ट्रपति भण्डारीले सहमतिमा अघि बढ्न सुझाव दिएको जनाइएको छ ।
बैठकमा अधिकांशले मिलेर जानु पर्ने सुझाव दिएको र जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतले संविधान संशोधनको चर्को विरोध गरेका थिए ।
एमाले भने केही सकारात्मक देखिएको र प्रधानमन्त्री पनि संविधान संशोधन प्रस्ताव परिमार्जन तयार रहेको जनाइएको छ ।
मधेसी मोर्चाले भने राष्ट्रियता र समावेशी बुँदामा परिमार्जन गर्न माग गरेको छ ।
सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा विरोध प्रदर्शन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्