
जनकपुर, मंसिर २० । सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सोमबार सम्पन्न हुँदैछ ।
भारतको अयोध्याबाट आएका जन्तीलाई आज दिउँसो विशेष कार्यक्रम गरी बिदाई गरिएपछि विवाह पञ्चमी सम्पन्न हुन्छ ।
जानकी मन्दिरको प्राङ्गणमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले लत्ता कपडा, प्रसाद दिएर जन्तीको विदाई गर्नु हुनेछ ।
जन्तीका रुपमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौं तीर्थालु आएका थिए ।
प्रतिक्रिया दिनुहोस्