Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अल्पसंख्यक र पिछडा वर्गका लागि विशेष योजना बनाइने


0
Shares

काठमाडौं, मंसिर २० । स्थानीय विकास मन्त्री हितराज पाण्डेले अल्पसंख्यक र पिछडा वर्गको हितका लागि सरकारले विशेष योजना बनाउने जानकारी दिएका छन् ।

राष्ट्रिय समावेशी आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राजधानीमा गरिएको छलफलमा उनले राष्ट्रिय समावेशी आयोगले आपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, सिमान्तीकृत एवं विपन्न वर्गकाबारेमा काम गर्ने बताए ।

राष्ट्रिय मूलधारमा आउन नसकेका व्यक्ति र समुदायको संरक्षण, सम्वद्र्धन सशक्तीकरण जरुरी रहेको भन्दै उनले ती समुदायको हितकै लागि आयोगले काम गर्ने बताए ।

सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ, राजनीतिक विश्लेषक प्रध्यापक कृष्ण खनाललगायतले राष्ट्रिय समावेशी आयोगले आर्थिक विपन्न वर्गका समुदायको लागि काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, किसान, अल्पसंख्यक समुदायका प्रतिनिधिको सहभागिता छ ।