
काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयोगशालाको अभावमा देशबाट वर्षेनि जडिबुटी विदेश पुगेको देख्दा साह्रै मन दुख्ने गरेको बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ३४औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनते सातओटै प्रदेशमा विज्ञान प्रयोगशाला र अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाएको बताए ।
उनले ‘भारत भ्रमणका क्रममा त्यहाँका जडिबुटी प्रशोधन केन्द्रमा पुग्दा सबै जडिबुटी नेपालबाट गएको थाहा पाउँदा नराम्रो लाग्यो’–भने ।
कार्यक्रममा विज्ञान र प्रविधिको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै डा. तिमिला श्रेष्ठ, डा. रामवृक्ष साह, प्रध्यापक चन्द्रलेखा कायस्थ, गोपालप्रसाद काप्mले र रामस्वार्थ रायलाई सम्मान गरिएकोे थियो ।
यस्तै, देशभरबाट विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेका १५ ओटा संस्था तथा वैज्ञानिकहरुलाई पनि सम्मान गरिएको छ ।
यो वर्षको प्रकृति संरक्षण पुरस्कार झापा जिल्लाको जामुनबारी सामुदायिक वन उपभोक्ता समितिलाई प्रदान गरियो । सो पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।
यस्तै, विज्ञान पुरस्कार डा. मनोजकुमार यादवलाई १ लाख राशीसहित प्रदान गरिएको छ । डा. सरस्वती आचार्यलाई १ हजार डलरसहित टवास् पुरस्कार प्रदान गरियो ।
जनही ७५ हजार रुपैयाँको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाँचजनालाई प्रदान गरिएको छ ।
यस्तै, जनही ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रर्वद्धन पुरस्कार दुईजनालाई प्रदान गरिएको छ ।
यस्तै, नबिल विज्ञान तथा प्रविधि पुरस्कार चार जनालाई प्रदान गरियो । सो पुरस्कारको राशी जनही १ लाख २५ हजार रुपैयाँ रहेको छ ।
२५ हजार राशीको दयानन्द बज्रचार्य अनुसन्धान पुरस्कार दुईजनालाई प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्