Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अर्घाखाँचीमा विरोधसभा, संशोधन प्रस्तावलाई असफल बनाएरै छाड्ने प्रतिबद्धता


0
Shares

अर्घाखाँची, मंसिर २० । अर्घाखाँचीमा सोमबार विशाल विरोधसभा आयोजना गरिएको छ ।

सरकारले व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि बन्द रहँदै आएको अर्घाखाँचीमा सोमबार प्रदर्शनपछि विरोधसभा गरिएको हो ।

विरोधसभामा जिल्लाका गाउँ–गाउँबाट हजारौंको संख्यामा सर्वसाधारण सदरमुकाम आएका थिए ।

सन्धिखर्कको शान्तिबगैंचाबाट सुरु भएको प्रदर्शन बजार परिक्रमा गरी टुँडिखेलमा पुगेर सभामा परिणत भएको थियो ।

नागरिकको भावनाविपरीत ल्याएको संविधान संशोधन प्रस्तावलाई असफल बनाएरै छाड्ने प्रतिबद्धता कार्यक्रममा सहभागी वक्ताहरुले गरेका छन् ।