Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘घरबाट नै महिला हिंसा कम गराउने अभियान सुरु गर्नुपर्छ’


0
Shares

काठमाडौं, मंसिर २० । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले घरबाट नै महिला हिंसा कम गराउने अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले परिवारमा महिलालाई गर्ने व्यवहार, दृष्टिकोण परिवर्तन हुँदै गएमात्र महिला हिंसा कम हुने बताए ।

लैंगिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी अभियानमा जुट्न आह्वान गरेको सम्झनामा हरेक वर्ष यो अभियान मनाउन थालिएको हो ।

Skip This